कोरोना भाइरस बाट हारेका नेपाली जनता

Jay Durga media Group pvt Ltd Present star Fast cm Tv & blogger star Fast cm Tv my YouTube channel.


साथीहरु नमस्कार
हामीलाई थाहा छ। हामी सबैलाई थाहै छ यो कठिन समय पनि बितेर जाने छ। यो अहिलेको कठिन समय जुन छ, हामीलाई आक्रान्त पारेको छ जुन कोरोना भाइरसले र हामी लाई हाम्रो जीवनमा अति नै धेरै अफ्ठ्यारा हरु श्रृजना गरेको छ हामीलाई विश्वास छ एक दिन यो समय पनि बितेर जाने छ। वास्तमै हामी फेरि हामी फेरि हाम्रो पुरानो जिन्दगीमा फर्कने छौ वास्तमै हामी फेरि आफ्नो आफ्नो जिन्दगी मा फर्कने छौ।सबै कुराहरु पहिलाको जस्तो हुनेछ।तर के हामी सबै पहिलाको जस्तै जिन्दगी चाहान्छौ, के हामी सबै जुन जिन्दगी पहिला भोगि रहेका थियौँ त्यो जिन्दगी बाट सन्तुष्ट थियौँ। हामीलाई भुकम्पको बेला नाका बन्दीको बेला धेरैधेरै अफ्ठ्यारा हरु आएका थिए र हामी लाई लागेको थियो। हामी पहिलाको जिन्दगी मा फर्किन चाहन्छौ।र हामी पहिलाकै जिन्दगीमा फर्कियौँ र हाम्रो जीवनमा कुनै पनि परीवर्तन आएन, हाम्रो जीवनमा परिवर्तन नआउनु मा धेरै कारणहरु छन् । यसमा हाम्रा आन्तरिक कारणहरु पनि होलान् र यो देशका राज नेताहरु यो देशको निती बनाउने निती निर्माताहरू यी सबैको महत्व पुर्ण भुमिका छ।जसले हाम्रो जिन्दगी परिवर्तन गर्नका लागि कुनै पनि किसिमको भुमिका निभाएन्न जब यो देशमा नाका बन्दी भयो त्यो नाका बन्दी भयको बेला यीनीहरुले तेल भण्डारण गर्छु,यो देशमा कुनै पनि किसिमका समश्याहरु श्रृजना गरिँदैन यहाँ सबै किसिमका उपभोग्य वस्तुहरुको भण्डारण गरीने छ।यहीं उत्पादन गरीनेछ।भनेर हामीलाई कति धेरै आश्वास दिएका थिए।
तर खै ति कुनैपनि आश्वासन आज यो समस्या परेको बेला काम लागेका छन् छैनन् आज तपाई हेर्नुहोस् गरीब मानिसहरु झन गरीब भै रहेका छन् उनीहरुलाई एक छाक खान का लागि धौ धौ परीरहेको छ,यो कोरोना भाइरस ले आक्रान्त भएको समाजमा यति धेरै मानिसहरूलाई पिंडा दीरहेको समयमा धनी मानिसहरु मोज मस्ती गर्न तिर ब्यक्त छन् उनीहरुलाई कुनै पनि किसिमको अफ्ठ्यारो छैन उनीहरु आफ्नो फार्म हाउस तिर गएका छन् कति आफ्ना बार्दलीहरु मा बसेर मिष्ठान्न खाई रहेका छन्, तर गरीब जनताहरु एक छाक खान पाईएला कि नपाइएला भनेर डरले सयौ किलोमिटर हिँडेर आफ्नो गाउँ गइ रहेका छन् उनीहरुलाई गाउँले आफुलाई सरण दिन्छकी भन्ने बिश्वास छ।त्याहाँ खान पाईएला भन्ने बिश्वास छ यो सहरको बिश्वास छैन,यो सरकारको बिश्वास छैन,जनता हरुलाई यो किन यस्तो स्थिति आयो के हामी फेरि त्यही पुरानै जिन्दगी मा फर्किन चाहन्छौ त अब हामी त्यही पुरानो जिन्दगी मा फर्किने होइन साथीहरु अब हामीले पुरानो जिन्दगी मा फर्किने होइन हामीले केही परिवर्तनको लागि आवाज बुलन्द गर्ने बेला आएको छ ।
अब हामीले केही राम्रो बेटर जीवन बिताउनको लागि,केही राम्रो जीवन बिताउनको लागि बैकल्पिक ऊर्जाहरु हामीले हामीमा भर्नु पर्नेछ। र हामीले बिकल्पमा यहाँ धेरै परिवर्तन गर्नु पर्ने आवश्यकतामा भएको छ त्यो परिवर्तन तपाई र हामीले मिलेर गर्न सक्छौ ।हामी मिलेनौ भने हामी सधैँ नै यो अफ्ठ्यारो स्थिति बाट गुज्रि रहनु पर्छ ।एक छाक खान का लागि हामी ले सधैं मुख ताकी रहनु पर्छ यो सरकारको भगवानको मुख ताकी रहनु पर्छ। र हामी लाई भगवानले हेर्छ न सरकारले हेर्छ, कोहि पनि हामीलाई हेर्दैनन् यो सहरले पनि हामी लाई निकाल्छ खान दिदैनन् लत्याएर निकाल्छ गलहत्याएर निकाल्छ अनि हामी अनि शरणार्थी जीवन बिताउनको लागि अभिशप्त हुन्छौ यो अभिशप्त जीवन बिताउनको लागि हामी लाई कसले बाध्य पारेको छ।यो अब हामीले बुझ्नुपर्ने जरुरी छ हामीले पहिलेको जस्तो जिन्दगी होइन अरु धेरै राम्रो जीन्दगी हामीले उपभोग गर्नु पर्छ।यदि यो बिपत पछि पनि हामी बाच्यौ भने आउदा पुस्ताहरूको लागि हामीले यस्तो समाज निर्माण गर्नु पर्छ ताकी हाम्रा आगामी पुस्ताहरू भोक ले नमरुन उनिहरुले राम्रो स्वास्थ्य पाऊन उनीहरुले राम्रो शिक्षा पाउन उनीहरुलाई खान कुनै पनि समस्या नपरोस् ।
यो स्थिति श्रृजना गर्न को लागि हामी सबै एक जुट भएर लाग्नुपर्छ यो लाग्नु पर्छ।यो लाग्नु पर्ने बेला आएको छ।अहिले हामीले गर्न सकेनौं,अब पनि हामी
ले गर्न सकेनौं केबल हिंजोको जस्तो जीवनमा दुखद् पुर्ण जीवनमै हामी फर्किएर यसैमा रमाउन खोज्यौं भने हुँदै हुँदैन।अब हामीले वास्तमै आमुल परिवर्तन गर्नु पर्ने आजको आवश्यकता भएको छ। र जब यो कोरोना को कहर सकिनेछ अनि हामी एक पटक फेरि एउटा आवाज बुलन्द गर्ने छौ।
त्यो आवाज यस्तो आवाज हुनेछ गरीब हरु को लागि निमुखा हरुको लागि सीमान्तकृत हरुको लागि पिडीत र दलित हरुको लागि अनि जसका आवाजहरु सुनिदैनन् ति आवाज बिहीन हरु का लागि हामी ले आवाजहरु बुलन्द गर्नु पर्छ,यो कठिन समय हामी लाई कही सिकाउँन आइ रहेको छ।तर हामी केही सिकिरहेका छैनऔ हामी ले भुकम्प भोग्यौ हामी ले त्यो भुकम्प पछि पनि केही सिकेनौ हामीले नाका बन्दी भोग्यौ।हामीले त्यो नाका बन्दी बाट पनि केहि सिकेनौ अहं हामी किन सिकिरहेका छैनऔ अब यो कोरोना भाइरसबाट यति आक्रान्त भएका छौ।दुःख पाएका छौं र हामी ले यस्तो दुःख अझै लामो समय सम्म पाउँने छौ।तर हामी अझै पनि सिक्न खोजी रहेको छैनौं।हामीले सिक्नु जरुरी छ,यो बिनास कारी भाइरस ले आज हामी लाई सिकाउँन खोजी रहेको छ।यसले धनी गरीब केही पनि भनिरहेको छैन यसले धर्म भनिरहेको छैन यसले राज्य भनिरहेको छैन।यसले समाजीक आर्थिक हैसियत पनि हेरी रहेको छैन।यसले केबल मनुस्य हेरिरहेको छ।
र हामीले बुझ्नु पर्छ हामी सबै मनुस्य हौ हामी सबै मनुस्य हरुले समान अधिकार उपभोग गर्न पाउनु हाम्रो अधिकार हो।हरेक मनुष्यको अधिकार हो।यस कारण हामी जो जहाँ छौं।जुन अवस्थामा छौ हामी ले बेटर लाईफको लागि बेटर जीवन उपभोग गर्न का लागि अब हामी ले संघर्ष गर्नु पर्ने जरुरी यो भोक को लागि हो पापी पेटको सबाल छ भनेर कति अरुको शरणार्थी बनेर बसिरहने कति नेताहरुको चाकरी गरी रहने अब नेताले होइन तपाई हामीले यो देश परिवर्तन गर्नु पर्छ।हामी भोकाहरु हामी नाङ्गा हरु आज बास नपाएर सहर बाट लखेटिएका हरु र यो सहरमा हामी भोकै परीरहदा एक छाक खुवाउन नसक्ने सरकारको बिरुद्धमा आवाज उठाउन जरुरी छ।अब हामी ले फेरि पनि सकृयता देखाउन सकेनौँ भने हामी मात्र होइन हामी त आज दुःख मा पिल्सिएका छौ छौ भोलि हाम्रा अरु सन्तती हरु पनि यसरी दुःख मा पिडित हुने छ ।
उसले यस्तै दुःख भोग्ने छ।यसरी नै कुनै आपत परेको बेला सहर बाट लखेटिने छ।उसले एक छाक खानको लागि पाउने छैन।उसले भिख मंग्गा बनेर कसैले खान देलाकी भनेर दुई हात पसार्नु पर्ने छ।र त्यो हात पसार्दा पनि हाम्रा हात हरुमा कुहिएको चामल र कुहिएको आलु हरु राखीने छन् ।हामी लाई ठग्न सम्म ठग्ने छ हामी लाई पिडित गरीन्छ।यस कारण यी शोषकहरु यी शामन्तहरुको राज चल्नेछ ।जनताको शासन कहिले आऊछ होला।अनि हामी भोका नांगा हरुको दिन कहिले आउला भन्दै समय पर्खन शिवाय हामी संग केही गर्न सक्ने क्षमता छैन।हेरौ आज सम्म त यस्तै भइ हाल्यो अब राम्रो मौका आउला भन्दै पर्खनु शिवाय अर्को बिकल्प हामी संग छैन।।।
।।। धन्यवाद ।।।


Comments

Post a Comment

kamalsiwakoti101@gmail.com

Popular posts from this blog

क॰ पुष्पलाल लाई सम्झदै

कोरोना भाइरसका थप नयाँ लक्षण पनि देखिएको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३८२ जनाको मृत्यु भएको छ ।